Saturday, September 5, 2009

Message from Arizona

Durga Adhikari, a youth who is resettled in Arizona state of USA from Pathri refugee camp of eastern Nepal expresses his feelings through this site:-

मित्रताको नाता हजुर, रगतकोझै गाडा हुन्छ त्यो साथी के साथी, जो थाहै नपाई टाढा हुन्छ नमस्कार, म दुर्गा प्रसाद अधिकारी। आहिले म अमेरिकाको एरिजोना ईस्थित फनिक्स शहरमा मेरो स-परिवार सँग बसिरहेको छु। म एरिजोनाको Central High School मा कक्षा 11मा अध्यनरत छु। अमेरिका आउनु भन्दा पहिले म भूटानी शरणार्थी क्याम्प शनीस्चरे ईस्थित सेक्टर B/2 छ।प्रा न. 58 मा बस्थे। जन्मनत म भुटानमा जन्मेको हो तर भूटानी निरङ्कुश राजाका भरौटेहरुले हामीलाई देश निकाली दिएछ त्यस बेला म मात्र तीन महिनाको थिए अरे। मैले नेपालमा हुने मेरा सबै ईस्ट-मित्र, साथी-भाई छोडि उज्वल भबिस्यको खोजिमा अमेरिका आएको हुँ। मलाई मेरा ईस्ट-मित्र, आफन्त गुमाएकोमा दु:खी पनि छु र सबैलाई सम्झेको छु पनि भन्न चाहन्छु। मैले अमेरिकामा धेरै साथीहरु र नेपाली ईस्ट-मित्र पाएकोमा खुशी पनि छु। मैले मेरो देश अनी नेपाली संस्कृती भुलेको छैन म चाहन्छु बिदेशमा तथा स्वदेशमा हुने कसैले पनि आफ्नो संस्कृती नाबिर्सिउन। अन्त्यमा मैले गुमाएका सबैलाई सम्झेको छु भन्न चाहन्छु र तपाईंहरुले मलाई साथी बनाउन चाहनु हुन्छ भने मेरो ईमेल आइ.डि. greatsmile54@yahoo.com हो। र मेरो बारेमा र म बसेको ठाउँ एरिजोनाको बारेमा जानकारी लिनको लागि मेरो ब्लग एड्रेस www.adhikaridurga.blogspot.com भिजिट गर्न सक्नुहुन्छ।

धन्यवाद तपाईंको साथी दुर्गा प्रसाद, Arizona, USA

No comments :

Post a Comment

Note: Only a member of this blog may post a comment.